Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

Thursday, November 10, 2011

मुक्तक्

के मागुँ हेर्न चाँदनी,सापटी जूनको त्यो
बन्दकी राखेँ छातीमा,मुहार उनको त्यो
परदेशको निस्वाश,घरदेशको धड्कन  
झंकार सुन्छु बारम्बार,मायालु धुनको त्यो

Monday, October 31, 2011

मुक्तक

हराए अचेल बिनायो र मचुंङ्गाको तालहरु
मासिए जंगलमा डाँफे र मुनालका चालहरु
डर भो अब यहाँ देशै मासिन्छ कि भन्ने
उर्लिंदो छ झन् एकले अर्कोलाई हान्ने छालहरु

Wednesday, October 26, 2011

मुक्तक

तिमीलाई भुल्न पनि सकिन
तिम्रो नजिक डुल्न पनि सकिन
हाँगै भाँच्यौ कि जरा मार्यौ कुन्नि ?
कहीं फक्रेर म फुल्न पनि सकिन

मुक्तक

दु:ख टेक्दै हिड्दा हिड्दा धेरै कहर भेटें
त्यै टेक्दै माथि जाँदा एउटा सहर भेटें
जिन्दगी र मनको पिडा त्यहाँ पोख्दा मैले
श्रम गरी जिउन पाउँने नयाँ प्रहर भेटें

Sunday, April 24, 2011

मुक्तक

तिमीले मुख खोल्यो र मैले नि बाँध्न सकिन
रित्तिएकै थियो मन त्यै पनि साँच्न सकिन
तिमी मेरो कोही हैन, साईनो पनि अब छैन
माग्नै पर्ने अधिकार त्यसैले आज माँग्न सकिन

Thursday, April 21, 2011

~**मुक्तक**~



जन्मिनुको अर्थ बुझे,जीवन मोती हो l
मन खोली जगत हेरे,जीवन ज्योति हो l
दुई दिन बाँच्दा रिस दोष किन गर्ने सखी ?
जीवन केवल समयको एकछाक रोटी हो l

Tuesday, April 5, 2011

दुई ~ मुक्तक ~

शिखर पुग्न फेदीबाट भीर चढ्न थालेकोछु
आफैसंग आफै अब युद्ध लड्न थालेकोछु
बर्षौं सम्म नियतिले फेदै लगाई काट्यो 
त्यसैले इन्ची इन्ची उँभो बढ्न थालेको छु

Monday, March 28, 2011

दुई ~ मुक्तक ~

वारी छोडी फड्को मारी पारी खोली तरे पछि
दाउ छोपी मन रित्याई मनकै झोली भरे पछि
देशको देउता मान्ने तिमी,गाउँको भूत परें म त
नजिक बस्ने आधार के नै?तिम्रै मुटु सरे पछि

Saturday, March 26, 2011

~रुवाई~

आजभोली छातीभित्र धेरै दुखेको छ
मुटुसंग ठोक्किँदा मुटु मेरै चुकेको छ
ओसिएछ तन-मन यस्तै लाग्छ अचेल
आँखाभित्रै आँशुहरु सबै सुकेको छ




Monday, March 21, 2011

तीन हरफे कविता

~मायाको ऐठन~

भनि हालूँ लाग्ने
जोसंग पायो उहीसंग
भन्न पनि नमिल्ने!

 ~मुक्तक~

Sunday, March 13, 2011

~रुवाई~

सकिन रोक्न आँशुको प्याल थमाई जानेलाई
रुएको आवज सुनेर मेरो रमाई जानेलाई
मनैको सौदा नमिले पछि मुटुमा तिर घोपी
नौनी झैं मन बरफ जस्तो जमाई जानेलाई

~दुई मुक्तक~

जिन्दगी रित्याई हृदय खोली दे'कै हो तिमीलाई
सास मैले राखी, मुटुको झोली दे'कै हो तिमीलाई
किन्नलाई तिम्रो एक पेट सुख, मै मरी दिई
पसिना बगाई कमाको तोली दे'कै हो तिमीलाई

Thursday, March 10, 2011

- तीन मुक्तक

आजभोली मेरो गीतमा धुन छैन यहाँ ।
मनको रित्तो आकाशमा जून छैन याहाँ ।
टिलपिल गर्ने ताराहरु चम्किँदोछन् हजार,
जीवन बाली ज्योति दिने गुन छैन यहाँ ।१।