Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Wednesday, April 20, 2011

~**गजल**~

घर-चुलो एकै भन्थ्यौ,तर बेग्लै परेको छु l
छुट्टा-भिन्न पारे पनि,अझै तेतै सरेको छु l

सोचेको'थें मेरो लागि,तिमी जून उज्यालो हौ
अध्याँरोमा राती आफ्नै,आँखा बाट झरेको छु l

कैले कहीँ भन्ने गर्छौ,मेरो आत्म तिम्रो साथी
सधैं भरि भावनाको, भेल एक्लै तरेको छु l

नमागेरै बास दियौ, आशा दियौ प्यास मार्ने
भोकाउँदा आज मन्को, झोली आफै भरेको छु l

सौभाग्यले जुराएको, मन ढुंगै भए पनि
झुकाउँदै शिर मैले, पाउ पूजा गरेको छु l


मनु लोहोरुङ
शितलपाटी-६, संखुवासभा

Tuesday, April 19, 2011

गजल - फेरि तिमीसंग.........

फेरि तिमीसंग, सम्झनाको त्यो रात मागें,
पल-पल उस्तै, कल्पनाको त्यो बात मागें ।


युगौं बित्ने मीठो, सम्बन्धको साइनो गाँस्न,
मन भरी-भरी, चाहानाको त्यो खात मागें ।


डुबी सकें आफै, सपनाको सागर भरी ,
तिर्खा मेट्ने तिम्रो, नजरको त्यो आँत मागें ।


धेरै नशा पिएँ, एकान्तमा म एक्लै-एक्लै,
संगै डुब्ने ताल, एकलास त्यो मात मागें ।

Friday, March 25, 2011

मन खोली............

मन खोली मेरो आँखा हेर काली भन्थ्यौ
तिमी फूल बगैँचाको म त माली भन्थ्यौ

मेरो जीवन् सादा पाना के के चित्र कोर्छौ
कोर !म त सजाउने फ्रेम खाली भन्थ्यौ

Sunday, March 13, 2011

पोखिएको गाग्री जस्तो........

पोखिएको गाग्री जस्तो म त आज रित्तो भएँ
बाछिटाले हानी हानी भत्किएको भित्तो भएँ

आशा छर्दा खुसी फल्थे जब थिएँ आबादी म  !
अहिले पो रुखिएर काटिएको कित्तो भएँ

आँशु थप्न..........

तिम्रो आँशु थाप्न मान्दिन दु:ख
आफु माथि पर्यो ठान्दिन दु:ख

छाती भित्र छाम्दा भेटे नि घाउ
अनुभूति भित्र जान्दिन दु:ख

तिम्रो कोलाहल शहर..........

तिम्रो कोलाहल शहर लिएर जाँदैछु।
राख्नू ! मनभरि बहर दिएर जाँदैछु।

परेलीमा लुकाई मेरो, मुहार तिम्रो त्यो
म त आँखाभरि नहर पिएर जाँदैछु।

Thursday, March 10, 2011

- घाउ टाल्छु अब..........

आँशु रोकी वेदनाको, घाउ टाल्छु अब !
चेतनाको मूलबाटोमा, पाउ चाल्छु अब !

अन्यायले थिचिएको,पसिनाको न्याय
खोज्नलाई मैले पनि, दाउ फाल्छु अब !

ज्ञात अज्ञात सहिदहरुमा हार्दिक श्रद्धान्जली ........

घामको झुल्का पोखिएर सँघारमा परेको दिन ।
आमाको काख रित्याएर सडकैमा झरेको दिन ।

कहिले छोरा फर्किएर आँटो पिठो ल्याउला भनि,
मनको आँखा तानी आमा मझेरीमा सरेको दिन ।