Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Thursday, April 28, 2011

नेपालवासीलाई लालटिन उपदेश....

~~~~**रवि रोशी**~~~~

ऋणको भारले चेपेको बेला
भारतले हाम्लाई हेपेको बेला
देशको हालत कमजोर छ बुझ्नुस्
बिजुली किन ? चुप लागी सुत्नुस् ।

///////
नबाले पनि विल आ'कै होला
ढिकीमा कुटेर भात खा'कै होला
गर्व त गर्नुस् बत्तीको पोल छ
लालटिन बाल्न मट्तेलको झोल छ ।
///////
झलनाथ फुत्के ओलीको पालो
देश बने पनि फाटेको टालो
छ सय एकले डसेको देशलाई
देउताझैँ पुज्नुस् नडस्नुस् तेसलाई ।
/////////
बिजुली किन ? आकाशमा जून छ
नबोल्नु्स् धेरै नारायणी रुन्छ
बिजुली तारमा कपडा सुकाऊँ
शत्रु देश हाँस्लान् यो व्यथा लुकाऊँ ।

हाँगै भाँची फाल्यौ र पो............

हाँगै भाँची फाल्यौ र पो भुईंमै झरी फुलें
छातीमाथि कुल्चिएको हजार चोट भुलें

म माथि शीत-घाम, रमाई डुल्दा पनि
दुख्दो होला तिमीलाई भुईंमा फुल्दा पनि
प्रकृतिको नियमै हो, झरें र नि फुलें
छातीमाथि कुल्चिएको हजार चोट भुलें

चोटभित्र साहस खोजें, बाँच्ने अर्थ भेट्न
भेटेका ति सबै जिएँ, चोटको खत मेट्न
आँशुलाई शीत सम्झी,खडेरी मै फुलें
एकै थुंगा अझै फुल्न, हजार चोट भुलें

Wednesday, April 20, 2011

सम्झनुलाई तितामिठा............गीतकार : - शशी थापा सुब्बा,

गीतकार : - शशी थापा सुब्बा, बेलायत
~~~~~~~~~~~~~~~~~~~~~~~~~~

सम्झनुलाई तितामिठा याद भए पुग्छ /
भूल्न परे फेरि हजूर मुटु साह्रै दुख्छ//

अचानोलाई चोटैमात्र खाने बानी हुदो रहेछ.
त्यसैले त खुकुरीलाई सम्झीसम्झी रुदो रहेछ..
चोटै खानु कसैलाई आफ्नो भने पुग्छ/
भूल्न परे फेरी हजूर मुटु साह्रै दुख्छ//

भर पर्नु अरुमाथि मन दुखाउने खेल हुन्छ.
खुशीको त खै के कुरा आँशुको चै भेल हुन्छ..
ढुंगा हुदा दुख्दैन मन, बगर भए पुग्छ/
भुल्न परे फेरि हजूर,मुटु साह्रै दुख्छ//

Tuesday, April 19, 2011

पुर्खाले भन्थे यै माटोमा.........

पुर्खाले भन्थे यै माटोमा,सुन फल्थ्यो पहिले
खाली हात छ रित्तो पेट, भरिंदैन अहिले


कोही भन्छन् जुटाउँछौं,अन्नपातको दसी
भन्ने मात्रै धेरै यहाँ, काम टार्छन् हाँसी
अभावको सिरेटोले जिवन सेपि रै'छ
बर्षौ देखि यो थाप्लोले दु:ख खेपि रै'छ


पुस्तौं देखि घोटि रै'छु विधाताको कसी
किन पोखि जान्छ ?यहाँ भाग्य लेख्ने मसी
सारंगी झैं पीडाले यो जिवन रेटि रै'छ
जिउँनुको अर्थ यहाँ किन ? मेटी रै'छ

-मनु लोहोरुङ

Sunday, March 13, 2011

गीत-आज देखि चढ्छु............

आज देखि चढ्छु अब,म त भीरको बाटो
फुकाउँदै लान्छु उँभै, सबै पीरको पाटो


पसिना र बैंश साटेँ, आफ्नै माटोसंग
फ़ेरिनु छ अझै बाँकी, जीवनको रंग
काँढा टेक्दै रंग खोज्न,चढ्छु भीरको बाटो
फुकाउँदै लान्छु उँभै, सबै पीरको पाटो

सम्झनाको शीत खस्दा...........

सम्झनाको शीत खस्दा, थापें मैले हात भरी।
तिम्रै छाँया देखें त्यहाँ, जून फुल्दा रात भरी।


कल्पनाको वस्ती भित्र, तिम्रो प्यास मेट्दा खेरी
स्वर्ग जस्तै थियो धर्ती, सपनीमा भेट्दा खेरी
पोखिएर बिपनीमा, खुशी झर्यो हात भरी
टुक्रा टुक्रा टिपी हेरें, जून फुल्दा रात भरी।

मानिसको जीवन.......

मेची-काली जस्तै रै'छ, मानिसको जिवन पनि
यहाँ सम्म बग्दै आयो, सागरलाई चुम्छु भनि


कैले वल्लो तीर छुँदै, कैले हुँदै पल्लो तीरमा
यो कर्मको रेखा मेट्दै, फाल हान्दै तारे भीरमा
खहरे झैं उर्लिएर, बग्दो रै'छ जीवन पनि
रहरहरु फुकाएर, सागरलाई चुम्छु भनि



मनको दह धमिलिंदा....

आङमाथि चर्को घाम, छातीभित्र छाँया
मनको दह धमिलियो,सङ्लिएन माया

थाहै नपाई दुईटा मुटु, जले कतिखेर ?
धुँवा सरि मन उड्दा, थाहा भो यतिखेर
आफ्नै जीवन जलाउने, भयो आफ्नै छाँया
मनको दह धमिलियो, सङ्लिएन माया

पराई हो की आफन्त हो,चिन्नै सकिन कि ?
पिर-बेथा पोख्दा मैले, भन्नै जानिन कि ?
सधैं घाम लाग्ने ठाँउमा, परि दियो छाँया
मनको दह धमिलियो,सङ्लिएन माया


०२ भाद्र २०६७
शनिबार

Thursday, March 10, 2011

तिम्रो याद आउने बाटो.......

तिम्रो याद आउने बाटो छेकी दिउँ कि अब
कोरिएका बिगतहरु मेटी दिउँ कि अब ।


भेटिएर व्यर्थै रोग बल्झ्यो जिन्दगीमा
सिङ्गो मुटु टुक्रिएर अल्झ्यो बन्दकीमा