Friday, February 22, 2013

कविता - ब्यूँझिएको समयलाई ऐन्द्रिक चेत


दिमागभरी सल्बलाएका युद्धहरु-
रित्तो पेटले हुडलिएका बिद्रोहहरु-
चिसो आङ्मामाथि हुईकिएका
आकोसका साईरनहरु-
जुन त्रिवेणीमा 'प्रेम र मिलन' दुवै
समता र सहनशीलताको चिन्तन 'समय'
कमिलाको खुट्टामा गुयेलोको फूल सिउरिन्छ = (मान्छे)

सप्रे सप्रे जस्तो, पुरै पनि नबिग्रीएको
अचकल्टो यो जिन्दगी कि समय ?
बन्नु र भत्किनुको साँधले नै किच्चिएको - "परिवेश"
आँखाहरुबाट अझै बगिरहेका
ति मुहानहरु समयकै गल्छी छोचोली रहेछन्
ध्वंशावसेषहरु अझै टाउकोमाथि चलखेल गरीरहेको यो घडी-
घण्टाघर हुन बाध्य हुन्छ = मान्छे !

जीवन हो कि या लिलामी कपडा ?
सम्बन्धले वास्तै गर्दैन ।
गरोस पनि कसरी ???
उतिबेला देखि नै ऐजन ऐजन
अजिंङ्गरले निलिरहेको - पृथ्वी
देश हो कि त्यो
स्वास्नीले ल्याएको दाईजो ?
बेलामा बेलामा जुवाडे लोग्नेले
जुवामा च्याँखे थापे झैं, हानिन खोज्छ, बिचारा !


एक झप्को निन्द्राबाट ब्यिउँझिएको "यो समय"
कहीं बुद्धिमा प्यारालाईसीस लागेको छ
कतै मुटुहरु नै भतेर लगाई सकेका छन्, गिद्धले-
विचारै विचारहरुले
फेरि लोलाउँदैछ, "यो समय"
दृष्टिबिहिनले ठूलो हात्ती छामेर पर्वत चढेको महसुस गरे झैँ
भएका छौं हामी मान्छे, यहाँ
त्यसैले एक अर्का बीच तुमौटे विरोधाभासले होइन
अब हामी बराबर हाम्रो  समुलचेतको प्रेमआभास - ले
अब हात्ती र पर्वत दुवैलाई
ऐन्द्रिक चिन्तन, मनोउद्वेगले वास्तविकतामा छाम्नु पर्छ ।

Thursday, November 10, 2011

मुक्तक्

के मागुँ हेर्न चाँदनी,सापटी जूनको त्यो
बन्दकी राखेँ छातीमा,मुहार उनको त्यो
परदेशको निस्वाश,घरदेशको धड्कन  
झंकार सुन्छु बारम्बार,मायालु धुनको त्यो

Monday, November 7, 2011

मनको कानेखुसी

यो फल(fall)सिजन
म्यापल ट्रीका पातसंगै
समय यहाँ बरर खस्दो छ l
मेरा अवचेतनाहरु
त्यही सिक्रे रुखमाथि नै सरगम सुसेल्छन्
यो जिन्दगी पनि एकदिन झर्नु नै छ l
.......
त्यो भन्दा एकपल अघि सम्म
युगबोधताले मौलाएर लहलह
बाँच्नुको गुलाबी मुना भेट्ने लाठेइप्साहरुले
कानमा सुटुक्कै.....
यसो पो भन्छ, कि-

काँडै काँडा भरी पनि फूल देखेर
जीवनका रङ्हरु भेट्न
मनोउत्वेग, आवेग, संवेगहरुक...

गेडी

सपनीमा हुँदा नि,आफ्नै गाउँ देख्छु म
बिपनीमा उठेर, उन्कै गीत लेख्छु म
देश सम्झेर,
पानी जस्तै आँशु गो'खेर
........................
छोडी आएँ जन्म घर् आकाश त्यो नाघेर
छिया छिया मुटु भो, आमालाई सम्झेर
भा'छु, अधुरो
मेरो लागि दिनै मधुरो

Monday, October 31, 2011

मुक्तक

हराए अचेल बिनायो र मचुंङ्गाको तालहरु
मासिए जंगलमा डाँफे र मुनालका चालहरु
डर भो अब यहाँ देशै मासिन्छ कि भन्ने
उर्लिंदो छ झन् एकले अर्कोलाई हान्ने छालहरु