Showing posts with label गेडी. Show all posts
Showing posts with label गेडी. Show all posts

Monday, November 7, 2011

गेडी

सपनीमा हुँदा नि,आफ्नै गाउँ देख्छु म
बिपनीमा उठेर, उन्कै गीत लेख्छु म
देश सम्झेर,
पानी जस्तै आँशु गो'खेर
........................
छोडी आएँ जन्म घर् आकाश त्यो नाघेर
छिया छिया मुटु भो, आमालाई सम्झेर
भा'छु, अधुरो
मेरो लागि दिनै मधुरो

Tuesday, April 26, 2011

गेडी


यो शहर छोडेर, फर्किंदैछु गाँवैमा,
अभावको पिडा नि, पोख्छु आफ्नो ठाँवैमा
जान्छु फर्केर
पुरै वैंश एतै गो खेर






नेपालको नदीमा, भारतको हैकम
हाम्रै पानी खोसेर, छैनौ हामी के कम
भन्छ मोराले
मुख खोल देस्का छोराले



Tuesday, April 19, 2011

गेडी

चाहीदैन भो जून, तारासंग मागौँला
उज्यालो यो जीवन खोज्न आफै लागौंला
हिड्छु बगर
त्यहीनेर भेट्छु सगर

Sunday, March 13, 2011

गेडी

जून तारा लोभिन्थ्यो, हेरी देश नेपाल
तर आज रुदैंछ, हाम्रै प्यारो हिमाल
नजानी,
मान्छे भयौं,सारै बेमानी

लेक बेंशी गरेरै, बित्यो सबै जिन्दगी
पसिनाको थोपामै, जवानी भो बन्दकी
तरर,
झर्छ आँशु, रुन्छु धरर

मन मेरो डुल्दैछ, आफ्नै भिर पाखामा
मुटु मेरो चल्दैछ, बिदेशीको भाकामा
सुकेर,
मर्दैछु म, देश दुखेर

~गेडी~ कैले तल बज्रिएँ........

कैले तल बज्रिएँ,कैले अल्झें भीरैमा
तर्न खोज्दा जँघार, रहेँ नदी तीरैमा
जिन्दगी
समयको रै'छ बन्दकी

Thursday, March 10, 2011

- गेडी

वीरताको इतिहास्, बोक्ने हाम्रो नेपाल
मान्छे बिचै उष्णता, पग्ली सुक्यो हिमाल
सेतो चिमल
मैलो भयो मन्को रुमाल ।१ ।