Saturday, March 26, 2011

~रुवाई~

आजभोली छातीभित्र धेरै दुखेको छ
मुटुसंग ठोक्किँदा मुटु मेरै चुकेको छ
ओसिएछ तन-मन यस्तै लाग्छ अचेल
आँखाभित्रै आँशुहरु सबै सुकेको छ





~मुक्तक~


बिरानो शहरमा मनको रहर बोकेर आएछु
आशाको झोली भित्र कहर बोकेर आएछु
पानीको बाफ झैं पसिनाको मोल उड्दा,
लाग्दैछ केवल रित्तो ठहर बोकेर आएछु

No comments:

Post a Comment