पुर्खाले भन्थे यै माटोमा,सुन फल्थ्यो पहिले
खाली हात छ रित्तो पेट, भरिंदैन अहिले
कोही भन्छन् जुटाउँछौं,अन्नपातको दसी
भन्ने मात्रै धेरै यहाँ, काम टार्छन् हाँसी
अभावको सिरेटोले जिवन सेपि रै'छ
बर्षौ देखि यो थाप्लोले दु:ख खेपि रै'छ
पुस्तौं देखि घोटि रै'छु विधाताको कसी
किन पोखि जान्छ ?यहाँ भाग्य लेख्ने मसी
सारंगी झैं पीडाले यो जिवन रेटि रै'छ
जिउँनुको अर्थ यहाँ किन ? मेटी रै'छ
-मनु लोहोरुङ
खाली हात छ रित्तो पेट, भरिंदैन अहिले
कोही भन्छन् जुटाउँछौं,अन्नपातको दसी
भन्ने मात्रै धेरै यहाँ, काम टार्छन् हाँसी
अभावको सिरेटोले जिवन सेपि रै'छ
बर्षौ देखि यो थाप्लोले दु:ख खेपि रै'छ
पुस्तौं देखि घोटि रै'छु विधाताको कसी
किन पोखि जान्छ ?यहाँ भाग्य लेख्ने मसी
सारंगी झैं पीडाले यो जिवन रेटि रै'छ
जिउँनुको अर्थ यहाँ किन ? मेटी रै'छ
-मनु लोहोरुङ
No comments:
Post a Comment