~~~~**रवि रोशी**~~~~
ऋणको भारले चेपेको बेला
भारतले हाम्लाई हेपेको बेला
देशको हालत कमजोर छ बुझ्नुस्
बिजुली किन ? चुप लागी सुत्नुस् ।
///////
नबाले पनि विल आ'कै होला
ढिकीमा कुटेर भात खा'कै होला
गर्व त गर्नुस् बत्तीको पोल छ
लालटिन बाल्न मट्तेलको झोल छ ।
///////
झलनाथ फुत्के ओलीको पालो
देश बने पनि फाटेको टालो
छ सय एकले डसेको देशलाई
देउताझैँ पुज्नुस् नडस्नुस् तेसलाई ।
/////////
बिजुली किन ? आकाशमा जून छ
नबोल्नु्स् धेरै नारायणी रुन्छ
बिजुली तारमा कपडा सुकाऊँ
शत्रु देश हाँस्लान् यो व्यथा लुकाऊँ ।
ऋणको भारले चेपेको बेला
भारतले हाम्लाई हेपेको बेला
देशको हालत कमजोर छ बुझ्नुस्
बिजुली किन ? चुप लागी सुत्नुस् ।
///////
नबाले पनि विल आ'कै होला
ढिकीमा कुटेर भात खा'कै होला
गर्व त गर्नुस् बत्तीको पोल छ
लालटिन बाल्न मट्तेलको झोल छ ।
///////
झलनाथ फुत्के ओलीको पालो
देश बने पनि फाटेको टालो
छ सय एकले डसेको देशलाई
देउताझैँ पुज्नुस् नडस्नुस् तेसलाई ।
/////////
बिजुली किन ? आकाशमा जून छ
नबोल्नु्स् धेरै नारायणी रुन्छ
बिजुली तारमा कपडा सुकाऊँ
शत्रु देश हाँस्लान् यो व्यथा लुकाऊँ ।
मनु दिदि ।।
ReplyDeleteसंगाल्दै छु आँशुको शीत
संझे उहि पुरानो गीत
जिन्दगीमा घरि घरि ठेस लाग्दा खेरि
जब त्यो गीत पठाउनु भयो
मेरो मन खाली त्यहि गीतमै गयो
काशिष गरे सँगीत भर्न
सँगीत भरे
कोशिष गरे
अवरोहमा झरे
आरोहमा गए
सँगीत भर्न सकिन
संकटमै परे
सकिन त्यो गीतको भाबमा डुब्न
त्यो गीतको शब्द शब्द केलाउछु
अनि हार्मोनियमको पर्दा पनि खेलाउछु
गुन्गुनाईहेर्छु, गुन्गुनाईहेर्छु,
तर अन्तिममा गएर उहि बेसुरो स्वर हो कि के हो
त्यो गीतको शब्द अनुसार म असफल भए
अनि त के भयो
म सँगीत सिकाईमै लागे
मैले एउटा दाईलाई शब्द सुम्पे
लौ है दाई यो गीत हेर्नुहोस्
माया गरेर सिमापारीदेखि पठाउनुभाको
राम्रो हेर्नुहोस्,
सँगीत भर्नुहोस्
मिठो भर्नुहोस्
सुन्दा मिठो होस्
अरुले कस्तो तितो नभनोस्
शुन्यभन्दा हजार भीड अघि होस्
आखिरमा मेहनत गरेर देखाईदिनुभयो
मलाई गाएर सुनाईदिनुभयो
राम्रो लाग्यो, अनि म गाउछु भनिटोपले
पछि काँठमाण्डौ जानुभएछ
उहि कृष्णभक्क्त राई कहाँ
गएर गीत पनि सुनाउँनुभएछ त्यहाँ
अनि उहाँले मलाई साह्रै मन प¥यो भन्नुभएछ
बिक्रम दाईले अरु गीत पनि गन्नुभएछ
तर अरु गीत थिएन
उहि जिन्दगीमा घरि घरि मात्र
रमेश पौडेल जो कि प्रशिद्ध रेडियो प्रस्तोता
उत्तरपुस्तिका इन्टरनेटको शिर्षकमा खोले
होमपेजमा कार्यक्रम उद्गारको बिज्ञापन टास्नुभएछ
त्यहाँ तपाई मनुको नाम झुन्डेको देखे
खालिदै गए रेडियो नेपालको तरंगले तपाईको
आवाज पनि सुने
कस्तो मज्जा आयो
मनमा साह्रै खुसि छायो
मनमा त्यतिकै उहि गीतको याद आयो
हरेक फेसबुकको कुनाकुनामा गए
तपाईलाई कति खोजे
मलाई त पत्तो नै भएन
कति खेर मलाई छोडेर गइसक्नुभएछ
मेरो फ्रोफाइदेखि तपाईको हरेक कुरा हटाईसक्नुभएछ ।
मनमा साह्रै दुःखीत तुल्याएको ठाने
अनि पौडेल सरको फे्रन्ड लिष्टमा खोजे
कति साथीहरुको भीडमा तपाईको नाम कता हो कता
म साह्रै चिन्तित भए
ब्लगमा पनि गए
गीत, कबिता, गजलहरुको भीडमा
उहि फेसबुकको एउटा लिन्क पनि भेटिन
साह्रै नै दुःख लाग्यो
मनमा साह्रै कौतुहलता जाग्यो
मन फेरी जिमेलतिर भाग्यो
पुरानो इमेल कोटाए
अनि तपाईको आइडि पनि भेटाए
यो इमेल लेख्दा लेख्दै एक्कासि मन
गुगलतिर गयो
अनि लेखे मनु लोहोरुङ
पाना नम्बर २ मा देखे राजन मुकारुङ
त्यहाँ बल्ल भेट्टाए तपाईको फेसबुक
अनि सिधै दिदि एड गरेको छु
दिदि तपाई कता हुनुहुन्छ
सम्पर्क नम्बर पठाउनुहुन्छ
भन्ने आश गरेको छु
लुङममारी मिथक मलाई पनि
दिदि आश गरेर बसेको छु ।
मेरो जिमेलको इन्बक्स
हरेक दिन कोट्याईराख्नेछु
छिट्टै पठाउनुहोला
मेरो नम्बर पनि टिप्नुहोला
९८०६५००४०४ यहाँ नलागे
चिन्तै नगर्नुहोस्
फोन मात्र गर्नुहोस्
९७४६०६५१११
दुईमा एक पक्कै लाग्छ
फेरी फेरी पनि दिदि गीत दिदै गर्नु भन्छु
यति भन्दै आजलाई बिदा हुन्छु ।।
दिदि सेवा .....