Sunday, March 13, 2011

मानिसको जीवन.......

मेची-काली जस्तै रै'छ, मानिसको जिवन पनि
यहाँ सम्म बग्दै आयो, सागरलाई चुम्छु भनि


कैले वल्लो तीर छुँदै, कैले हुँदै पल्लो तीरमा
यो कर्मको रेखा मेट्दै, फाल हान्दै तारे भीरमा
खहरे झैं उर्लिएर, बग्दो रै'छ जीवन पनि
रहरहरु फुकाएर, सागरलाई चुम्छु भनि




ढुंगासंग ठोक्किएर, छल्को हान्दै घरी घरी
दु:ख-पिडा, आँशु सबै, अल्झाएर वारी-पारी
किनार् छोडी माझ-धारमा,बग्दो रै'छ जीवन पनि
लक्ष बोकी पक्कै एकदिन,सागरलाई चुम्छु भनि

No comments:

Post a Comment