धुर्त्य
मष्तिस्कद्वारा
सोझो मन
र
साहसिलो आँट,
सस्तो लिलाममा
बिदेशी भूमिमा
तिम्रो देह बेचीयो ।
अर्धांगिनी
र
भविष्यको
देश रक्षक,
कर्णधार,
दुधे बालकको मायाँलाई
छातीभरी टाँसेर,
गोला-बारुदसंग
सहर्ष...
मितेरी गाँस्नु बाध्यता थियो ।
जीवनका रहरहरु,,
पैतालामा कुल्चेर
शत्रुको तीरको निशानी,
संगीनको पर्वाह नगरी,
रगतको आहालमा
परेड खेल्दै......
तिमीले आफ्नो
प्राणको आहुत्ति दिनु,
देशको स्वाभिमान बचाउनु थियो ।
जिउँदो इतिहासभित्र
कहाली लाग्दो
अर्ध मृतक....
वीरताको सिलोटमा,
तिम्रो खून
यो जगतको
मानसपटलभरी
अझै सल्बलाउदैछ ।
तिम्रो शीरमा
"ब्रेभी गोर्खाज"को
पगरी गुथाएर....
तिम्रै सन्तानको भविष्य,
हचुवाको खरिद बिक्रीमा
बिगतको मूल्य टाँचामै
बर्तमानको मानव तौल,
मूल्यबिहिन झुण्डीरहेकोछ ।
तिम्रो स्वाभिमानले
गाडेको सीमास्तम्भ,
विद्रोहको बज्रपातमा,
घरी घरी उखेलिन खोज्छ,
पूर्खाको अस्तित्व
बोक्ने नाममा, यहाँ
मातृप्रेम हत्याएर-
स्वार्थको विश्वयुद्धहरु
हुन थालेकाछन ।
त्यसैले-
अबको युद्ध,
युद्ध होइन,
बिदेशी धर्तीमा,
ज्यानको आहुत्ति होइन,
अबको गोर्खा शैनिक
शुद्ध चित्त मुटुभित्र,
बिशुद्ध रगत साँचेर
शुआफ्नै मातृभूमिको
सिङ्गो रखवाल हुनुपर्छ ।
मष्तिस्कद्वारा
सोझो मन
र
साहसिलो आँट,
सस्तो लिलाममा
बिदेशी भूमिमा
तिम्रो देह बेचीयो ।
अर्धांगिनी
र
भविष्यको
देश रक्षक,
कर्णधार,
दुधे बालकको मायाँलाई
छातीभरी टाँसेर,
गोला-बारुदसंग
सहर्ष...
मितेरी गाँस्नु बाध्यता थियो ।
जीवनका रहरहरु,,
पैतालामा कुल्चेर
शत्रुको तीरको निशानी,
संगीनको पर्वाह नगरी,
रगतको आहालमा
परेड खेल्दै......
तिमीले आफ्नो
प्राणको आहुत्ति दिनु,
देशको स्वाभिमान बचाउनु थियो ।
जिउँदो इतिहासभित्र
कहाली लाग्दो
अर्ध मृतक....
वीरताको सिलोटमा,
तिम्रो खून
यो जगतको
मानसपटलभरी
अझै सल्बलाउदैछ ।
तिम्रो शीरमा
"ब्रेभी गोर्खाज"को
पगरी गुथाएर....
तिम्रै सन्तानको भविष्य,
हचुवाको खरिद बिक्रीमा
बिगतको मूल्य टाँचामै
बर्तमानको मानव तौल,
मूल्यबिहिन झुण्डीरहेकोछ ।
तिम्रो स्वाभिमानले
गाडेको सीमास्तम्भ,
विद्रोहको बज्रपातमा,
घरी घरी उखेलिन खोज्छ,
पूर्खाको अस्तित्व
बोक्ने नाममा, यहाँ
मातृप्रेम हत्याएर-
स्वार्थको विश्वयुद्धहरु
हुन थालेकाछन ।
त्यसैले-
अबको युद्ध,
युद्ध होइन,
बिदेशी धर्तीमा,
ज्यानको आहुत्ति होइन,
अबको गोर्खा शैनिक
शुद्ध चित्त मुटुभित्र,
बिशुद्ध रगत साँचेर
शुआफ्नै मातृभूमिको
सिङ्गो रखवाल हुनुपर्छ ।
No comments:
Post a Comment