तिम्रो कोलाहल शहर लिएर जाँदैछु।
राख्नू ! मनभरि बहर दिएर जाँदैछु।
परेलीमा लुकाई मेरो, मुहार तिम्रो त्यो
म त आँखाभरि नहर पिएर जाँदैछु।
तिम्रो चोट-पिडा लुकाई मेरो ढुक्ढुकीमा
आज छातीभित्र कहर सिएर जाँदैछु।
मरेका ती मेरा सपना ब्युँझाउन अब !
आत्मसाथ चारै प्रहर जिएर जाँदैछु।
No comments:
Post a Comment