Tuesday, April 19, 2011

गजल - फेरि तिमीसंग.........

फेरि तिमीसंग, सम्झनाको त्यो रात मागें,
पल-पल उस्तै, कल्पनाको त्यो बात मागें ।


युगौं बित्ने मीठो, सम्बन्धको साइनो गाँस्न,
मन भरी-भरी, चाहानाको त्यो खात मागें ।


डुबी सकें आफै, सपनाको सागर भरी ,
तिर्खा मेट्ने तिम्रो, नजरको त्यो आँत मागें ।


धेरै नशा पिएँ, एकान्तमा म एक्लै-एक्लै,
संगै डुब्ने ताल, एकलास त्यो मात मागें ।
जून तारा यहाँ, चाहिंदैन असम्भव ति ,
दिन्छौ भने टिप्ने, कौशलको त्यो हात मागें।

No comments:

Post a Comment