Wednesday, April 20, 2011

सम्झनुलाई तितामिठा............गीतकार : - शशी थापा सुब्बा,

गीतकार : - शशी थापा सुब्बा, बेलायत
~~~~~~~~~~~~~~~~~~~~~~~~~~

सम्झनुलाई तितामिठा याद भए पुग्छ /
भूल्न परे फेरि हजूर मुटु साह्रै दुख्छ//

अचानोलाई चोटैमात्र खाने बानी हुदो रहेछ.
त्यसैले त खुकुरीलाई सम्झीसम्झी रुदो रहेछ..
चोटै खानु कसैलाई आफ्नो भने पुग्छ/
भूल्न परे फेरी हजूर मुटु साह्रै दुख्छ//

भर पर्नु अरुमाथि मन दुखाउने खेल हुन्छ.
खुशीको त खै के कुरा आँशुको चै भेल हुन्छ..
ढुंगा हुदा दुख्दैन मन, बगर भए पुग्छ/
भुल्न परे फेरि हजूर,मुटु साह्रै दुख्छ//

1 comment:

  1. मन छुने गीत । सार्है राम्रो ब्लग दिज्जु ।

    ReplyDelete