Thursday, April 21, 2011

~परदेशीलाई आग्रह~

महाकाली नदी
अचेल मेरा रातहरुमा
कति आँशुको खोला बग्छन्?
थाहा छैन-
तर त्यही खोलामा
बगेको मनलाई छोप्न
सखारै निस्किन्छु
शब्दहरुको दुवाली छेक्न।

तेसो र
छिटै गाउँ फर्किनू है!
मैले रोपेको लिम्ची फूलको
सुगन्ध पहिल्याउँदै-पहिल्याउँदै।
कृतिम ओढारमा
तिमीले बाँचेको जीवन
र म जलि बाँचेर
फेरि पलाएको जिउला जीवनको
दो-लाल घाटमा भेटौंला-





जीवन-आयु उँधो जाँदो छ

छातीमा मायाको तरलता
बरुणको चेप चेप बग्दै
उँभो पानी-पानीको पहाड
अग्लिंदैछ, छिचोल्दैछ
अ/मान्छेहरुको भिड......

बिजुली फुलेको शहरलाई होइन
ति विशाल सागरहरूलाई होइन
तिम्रो खाँचो त,
अध्याँरोमा हाँसेको गाँउलाई छ।
तिम्रो नाम सुसाँउदै बगेको
अरुण-वरुण नदीलाई छ।

हतारिएर छिटै फर्किनू !

खोसिएको कोशीको पानीलाई
तिम्रो साहारा चाहिएको छ।
सुकेको मेचीको किनारलाई
तिम्रो चासो परेको छ।
तिम्रो माया त,
दुखेको महाकालीलाई चाहिएको छ।
तिम्रो एकै मुट्ठी प्राण
सिंगो मेरो देशलाई चाहिएको छ।

3 comments: