म सागर
म वायू
म आँधी
म ढुंगा-माटो
म नदि-नाला
म प्रकृति हुँ !
म धर्ती हुँ !
म सिङ्गो पृथ्वी हुँ!
यो समय हो,
मेरो प्रतिकुलताको
त्यसैले म चुपचाप बस्दैछु।
आफ्नो विशेषता बोकेर
अक्षांश परिक्रमा गर्दैछु
बैचारिक गुरुत्वाकर्षण,
उल्का-पिण्डहरुले
ध्रुवीय पोलहरुमा
कही कतै ठक्कर दिदैछ,
तै पनि म चुपचाप छु।
उग्र ओजन तहको मुनि
थिचिएर पनि घुम्दैछु,
अत्यास लाग्दो मान्छेका
बुटका चापहरु छातीमा
अमिट गडेका छन्।
मृत्यु-गीतका ध्वनिप्रदुषणले
मेरो मस्तिष्क चिथोरींदैछ।
बेमेल प्रतिच्छायाँहरु
स्वीकारेर प्रेमी आकाश
हेरिरहन बाध्य छु।
किनकी,
यो मेरो प्रतिकुल समय हो।
मेरो भू-गर्भमा
चेतनाको ताप बढेर
समयको अनुकुल म्याग्मा बन्दैछ।
ज्वालामुखी भएर बिष्फोट हुँदा
कुन दिन प्रलय हुन्छ?...तर हुन्छ।
जब प्रयल हुन्छ।
बाढी पैह्रो जानेछ।
आकाश खस्नेछ।
सागरमा छाल उर्लिनेछ।
पातल धस्सिनेछ।
प्राकृतिक प्रकोप सहनु पर्छ।
भूमण्डलको प्रदुषणले थिचिएको धर्ती
एक दिन प्रलय त हुन्छ-हुन्छ।
पृथ्वी छेक्ने बादलका झुप्पाहरु
सुकेर/झुरिएर् टुक्रिदैछन्।
हिम्खानीहरु पग्लिदै छन्।
समुन्द्री सतहहरु उठ्दैछन्।
त्यसैले जङली जनावरहरु
बुर्कुसि मारेर भाग्दैछन्
मान्छे!यो समय हो,
वायुमण्डलीय क्रान्तिको
आधुनिक जिवनशैली बाँच्न
निरिक्षण-नियन्त्रण=संरक्षण
मनवताको-जिवहरुको
भू-सतह देखि भू-गर्भ सम्म
मान्छे ! तब सुन्नेछौ.....
वायुमण्डलीय राग(rhythms of climate)
जब प्रलय रोकिन्छ।
नदी-नालाहरु नाच्नेछन्।
बगरका ढुङ्गाहरुले
स्वतन्त्रको गीत गाएर
प्रेमको भाषा बोल्ने छन्।
आँधीले पनि उत्सव गाउनेछ।
समुद्रले पनि लोरी गाँउने छ।
म वायू
म आँधी
म ढुंगा-माटो
म नदि-नाला
म प्रकृति हुँ !
म धर्ती हुँ !
म सिङ्गो पृथ्वी हुँ!
यो समय हो,
मेरो प्रतिकुलताको
त्यसैले म चुपचाप बस्दैछु।
आफ्नो विशेषता बोकेर
अक्षांश परिक्रमा गर्दैछु
बैचारिक गुरुत्वाकर्षण,
उल्का-पिण्डहरुले
ध्रुवीय पोलहरुमा
कही कतै ठक्कर दिदैछ,
तै पनि म चुपचाप छु।
उग्र ओजन तहको मुनि
थिचिएर पनि घुम्दैछु,
अत्यास लाग्दो मान्छेका
बुटका चापहरु छातीमा
अमिट गडेका छन्।
मृत्यु-गीतका ध्वनिप्रदुषणले
मेरो मस्तिष्क चिथोरींदैछ।
बेमेल प्रतिच्छायाँहरु
स्वीकारेर प्रेमी आकाश
हेरिरहन बाध्य छु।
किनकी,
यो मेरो प्रतिकुल समय हो।
मेरो भू-गर्भमा
चेतनाको ताप बढेर
समयको अनुकुल म्याग्मा बन्दैछ।
ज्वालामुखी भएर बिष्फोट हुँदा
कुन दिन प्रलय हुन्छ?...तर हुन्छ।
जब प्रयल हुन्छ।
बाढी पैह्रो जानेछ।
आकाश खस्नेछ।
सागरमा छाल उर्लिनेछ।
पातल धस्सिनेछ।
प्राकृतिक प्रकोप सहनु पर्छ।
भूमण्डलको प्रदुषणले थिचिएको धर्ती
एक दिन प्रलय त हुन्छ-हुन्छ।
पृथ्वी छेक्ने बादलका झुप्पाहरु
सुकेर/झुरिएर् टुक्रिदैछन्।
हिम्खानीहरु पग्लिदै छन्।
समुन्द्री सतहहरु उठ्दैछन्।
त्यसैले जङली जनावरहरु
बुर्कुसि मारेर भाग्दैछन्
मान्छे!यो समय हो,
वायुमण्डलीय क्रान्तिको
आधुनिक जिवनशैली बाँच्न
निरिक्षण-नियन्त्रण=संरक्षण
मनवताको-जिवहरुको
भू-सतह देखि भू-गर्भ सम्म
मान्छे ! तब सुन्नेछौ.....
वायुमण्डलीय राग(rhythms of climate)
जब प्रलय रोकिन्छ।
नदी-नालाहरु नाच्नेछन्।
बगरका ढुङ्गाहरुले
स्वतन्त्रको गीत गाएर
प्रेमको भाषा बोल्ने छन्।
आँधीले पनि उत्सव गाउनेछ।
समुद्रले पनि लोरी गाँउने छ।
No comments:
Post a Comment