Tuesday, April 12, 2011

~प्रतिवद्धता~

आज अर्को एउटा क्षितिज
प..अ..अ..र देख्दैछु
जहाँ खुसी गाउँने चराहरु
रमाउँदै उडीरहेका छन्
उकालो लागेको सूर्य-किरणले
मलाई पनि निम्तो पत्र दिईरहेकोछ।
बादलका झुप्पाहरुले इसारा गरेर
आँशु-शितको कोसेली माँग्दै
बनेर बर्षा दिने
प्रतिज्ञामा पुकारीरहेका छन्।


मलाई हावाले डाकीरहेको छ,
सुखान्तको बागमा
निस्खोट चिमल फुल्न
साउन-भदौ झरीले खोजिरहेकोछ।
मेरो मैलो हिमाल पखाल्न
चैते घामले सुम्सुम्याउदैछ,
शितविन्दु मुटुलाई तताउन


त्यसैले,
मलाई गुनासो छैन।
उजाडिएको बगैँचा देखेर
समय र अनुकुल हो प्रेम
हावा पानीको निख्लम मेल हो प्रेम
म ढुक्क छु।
कि अब रोपिने
नयाँ-नयाँ फूलहरुको पुंकेषरमा
प्रगाढ प्रेमको अविराम
सामिप्त्या भेट्नेछु/भेटिरहनेछु।


साइतका घडाहरु तयार छन्
अब,विस्तारै पाईला चालें !
मध्यान्न देखि मध्यरात सम्म
मध्यरात देखि मध्यान्न सम्म

बार्है मास-बाह्रै काल

फक्रिरहनलाई-फुलिरहनलाई.....
माटो माथि जलिरहनलाई !
धर्ती रहे सम्म बलिरहनलाई !


No comments:

Post a Comment