Tuesday, April 19, 2011

प्रेमिलो सम्बोधन !

प्रिय अनुराग !
अदृश्यबोध यो धरातलमा

शून्य की अर्धचेतमा रुमलिंदा
संसार चिन्ने तिम्रो आँखा दियौ।
त्यसैले

अचेल मैले संसार देख्दैछु।
समताको इन्द्रेणी देख्दैछु।

हो,तिम्रै मायाको सुगन्धले

यो राज्य भरि समाबेशी-
फूलहरुको कथा लेख्दैछु।


जन्म मृत्‍यु क्षणिक पलक
"
हाम्रो" यो पहारा जीवन
गग्रेनी छिचोल्दा खसेका
भावनाका खण्डहरमा पनि
समताको बैंशालु गुराँस फुल्नु पर्छ।
भन्दैछु अचेल !



प्रिय अनुराग!
तिम्रो मेरो = हाम्रो

प्रेमिलो अनुकम्पाले
हो,अब गुलाफका काँडाहरुमा पनि
माया जाग्नु पर्छ।
किनकी संसार रंगिन छ।
यो जगत एउटा बगैँचा हो,
मुटुका पहाडहरुमा गुलाफ रोप्नू
!
लोचन उघारेर छातीका मैदान हेर्नू!



अब उहीले उहीले जस्तो
सपनाहरुको हत्या नहोस्।

नटेकोस विपनाले
जीवनको ज्योतिलाई-
मान्छे=ढुंगा होईन

ढुंगालाई पनि मान्छे मानेर
खोज्नु आस्थाका अस्थीहरु
की कयौँ आत्महरु

अकालमै ढुंगामुनि परेका छन्।

प्रिय अनुराग !
किनारमा बसेर तिमी
सिम्माको मायाको सागरमा 
चुर्ल्लुम्म डुबेको बेला
यो मरुभूमि माथि म
आफ्नै कोशी र कर्नाली बगिरहेछु। 
आफ्नै माटोमा जीवनको अर्थ खोज्न म,
मेरो पारूहांङ् पुकारी रहेकोछु।
 

No comments:

Post a Comment