Sunday, March 13, 2011

~देहको आशक्ति ~

कल्पना शक्ति
एक उर्वरा भूमि
उम्रिन्छ, पिपल,
पातको परिधिभित्र,,,,
तिम्रो आकृति....
सापटीमा लिएको
यो रात,
सम्झनाका खातहरु
पिरामिड जस्तै
मनको सतह माथी
उभिएका छन ।
हो ! मिश्र र मेसोपोटामिया बनेर !

विछिप्त प्रकाशमा,
धुमिलो बिम्बले,
चिहाउदाखेरी...
तिम्रो नयनको उपस्थितिमा
स्वीकृतिका स्वरहरु
कोठाका भित्ताहरुमा
इको ध्वनी हुन्छन।
हो ! हवाई मैदानमा बायुयानको साईरन बनेर ।

देहको आशक्ति,
कल्पनाको अईफिल टावरमा उभिएर
मेरो सागरमाथ हेर्ने लालचा
अतृप्त प्यास,
मृतसागर सिनित्तै पिउन खोज्छ।
हो ! मस्तिष्कमा अपार रेगिस्तान बनेर।

क्षणिक समयको पलकमा
दैहिक सुखनिर्लिप्त भएर....
अलौकिक आभाषको निशा भित्र
रुमलिंदा आत्म,,,,,उत्वेगले
चरमोउत्कर्ष हुन्छ।
हो ! आँत भित्र
इच्छा शक्तिहरु उर्लिंछ्न सुनामी बनेर।

आशक्ति र विरक्तिको
एउटा स्वचालक नक्शा,
मानव,,,,,मन, मुटु, मस्तिष्क
तर,जिउनुको रुप
चट्टान हुनु बाध्यता,
समयको पराकाष्ठमा
जीवन स्थिर हुन्छ।
त्यसैले,

हो ! म पनि उभिदैछु,
चेतनाको किनारैमा काला पत्थर बनेर।

No comments:

Post a Comment