Thursday, March 10, 2011

- गेडी

वीरताको इतिहास्, बोक्ने हाम्रो नेपाल
मान्छे बिचै उष्णता, पग्ली सुक्यो हिमाल
सेतो चिमल
मैलो भयो मन्को रुमाल ।१ ।

फूल मान्दै जीवन, फुल्नै पर्छ  काँडामा
घाम्को झुल्को भएर,झुल्किनुछ डाँडामा
साथी अब त !
हुनै पर्छ हाम्रो एकता ।२।

ज्यान त डुल्छ परदेशी बाटोमा
मन त मेरो गैरी खेत माटोमा
कर्मै बैगुनी
बिदेशैको नासो भो जूनी ।३।

रैछौ माया नम्बरी, सुन जस्तै सुनौली
हिरा जस्तो मुहार, उस्तै दन्त रुपौली
परि हौ कि त
लुटी लग्यौ मेरो यो चित्त ।४।

सपनीमा मायाको, गाउँ पुगें रातैमा
बिपनीमा भेटेर, जाउँ भन्छु साथैमा
मान्छ कि
मन्को कुरा पुरा हुन्छ कि ?।५।

1 comment: