Thursday, March 10, 2011

~रंगिन सपनाको दह~

नदिको छल्कोले
किनारलाई चुम्बन गर्दा
समयको यो अंकमाल !
खोलाको एक गन्तव्य
"दोभान"
उसको लक्ष समुन्द्र !
जहाँ उपमा आफै छु।

म यहीनेर आज
छालहरुसंग जिस्किदैछु।
संसारमा कुनै चिज
त्यस्तो छैन
जो एकर्कामा परिपुरक नहोस्!

हिमालले आकाश चुमेर
घामले धर्तीलाई
टाँकुरामा सुमसुम्याई रहेको
यो क्षण
म कैद गरेर राख्दैछु।
मानसपटलभित्र
उपमा..........
जूनको किरणले
समुन्द्रलाई अंगालेको दृश्य
आँखा भरि-भरि भर्दैछु
मरुभूमिको हरितकण म !

जमेको आवेगभित्र
खुसीको थोपा-थोपा
पग्लिएर तरल-तरल मन
प्रस्तर वक्षमाथि
एउटा गुलाफ फुलेको देख्छु।
त्यहि टिपेर म,
देहको कुइनेटोबाट
झ्वाम्म हाम फाल्छु
रंगिन सपनाको दहमा !

भिजेर व्यग्र ढुकढुकीले
मलाई सम्बोधन गरेको पल
सगरमा बादलका झुप्पाहरु
एक आपसमा आकर्षित हुन्छन्।

प्रच्छन्न अनुरागले भन्यो
"म तिमीलाई प्रेम गर्छु।"
त्यो दिन सम्म कि
आकाश र धर्ती रहुन्जेल !!!


प्रेम दिवशको उपलक्षमा मेरो लिंकमा रहनु हुने सबैलाई मेरो असिम माया !!!

No comments:

Post a Comment