Thursday, April 28, 2011

हाँगै भाँची फाल्यौ र पो............

हाँगै भाँची फाल्यौ र पो भुईंमै झरी फुलें
छातीमाथि कुल्चिएको हजार चोट भुलें

म माथि शीत-घाम, रमाई डुल्दा पनि
दुख्दो होला तिमीलाई भुईंमा फुल्दा पनि
प्रकृतिको नियमै हो, झरें र नि फुलें
छातीमाथि कुल्चिएको हजार चोट भुलें

चोटभित्र साहस खोजें, बाँच्ने अर्थ भेट्न
भेटेका ति सबै जिएँ, चोटको खत मेट्न
आँशुलाई शीत सम्झी,खडेरी मै फुलें
एकै थुंगा अझै फुल्न, हजार चोट भुलें

No comments:

Post a Comment