Friday, February 22, 2013

कविता - ब्यूँझिएको समयलाई ऐन्द्रिक चेत


दिमागभरी सल्बलाएका युद्धहरु-
रित्तो पेटले हुडलिएका बिद्रोहहरु-
चिसो आङ्मामाथि हुईकिएका
आकोसका साईरनहरु-
जुन त्रिवेणीमा 'प्रेम र मिलन' दुवै
समता र सहनशीलताको चिन्तन 'समय'
कमिलाको खुट्टामा गुयेलोको फूल सिउरिन्छ = (मान्छे)

सप्रे सप्रे जस्तो, पुरै पनि नबिग्रीएको
अचकल्टो यो जिन्दगी कि समय ?
बन्नु र भत्किनुको साँधले नै किच्चिएको - "परिवेश"
आँखाहरुबाट अझै बगिरहेका
ति मुहानहरु समयकै गल्छी छोचोली रहेछन्
ध्वंशावसेषहरु अझै टाउकोमाथि चलखेल गरीरहेको यो घडी-
घण्टाघर हुन बाध्य हुन्छ = मान्छे !

जीवन हो कि या लिलामी कपडा ?
सम्बन्धले वास्तै गर्दैन ।
गरोस पनि कसरी ???
उतिबेला देखि नै ऐजन ऐजन
अजिंङ्गरले निलिरहेको - पृथ्वी
देश हो कि त्यो
स्वास्नीले ल्याएको दाईजो ?
बेलामा बेलामा जुवाडे लोग्नेले
जुवामा च्याँखे थापे झैं, हानिन खोज्छ, बिचारा !


एक झप्को निन्द्राबाट ब्यिउँझिएको "यो समय"
कहीं बुद्धिमा प्यारालाईसीस लागेको छ
कतै मुटुहरु नै भतेर लगाई सकेका छन्, गिद्धले-
विचारै विचारहरुले
फेरि लोलाउँदैछ, "यो समय"
दृष्टिबिहिनले ठूलो हात्ती छामेर पर्वत चढेको महसुस गरे झैँ
भएका छौं हामी मान्छे, यहाँ
त्यसैले एक अर्का बीच तुमौटे विरोधाभासले होइन
अब हामी बराबर हाम्रो  समुलचेतको प्रेमआभास - ले
अब हात्ती र पर्वत दुवैलाई
ऐन्द्रिक चिन्तन, मनोउद्वेगले वास्तविकतामा छाम्नु पर्छ ।

No comments:

Post a Comment