Tuesday, April 5, 2011

दुई ~ मुक्तक ~

शिखर पुग्न फेदीबाट भीर चढ्न थालेकोछु
आफैसंग आफै अब युद्ध लड्न थालेकोछु
बर्षौं सम्म नियतिले फेदै लगाई काट्यो 
त्यसैले इन्ची इन्ची उँभो बढ्न थालेको छु

पहिले पहिले भन्थ्यो सबले फूलको थुंगा जस्तो
आफैलाई हेर्दै गएँ, देखें आफै गलेको डुंगा जस्तो
मनका देउता नचिनेर उखेलेर फालेछु कठै !
त्यसैले अचेल लाग्छ मन्दिरनेरै ढलेको ढुंगा जस्तो

 

2 comments: