Thursday, March 10, 2011

चार हाईकू

१)अभागी फूल
भमरा बस्नु अघि
भाँचियो हाँगा !

२) पूर्णेको जून
खित्का छोडेर हाँस्दा
अन्ध्याँरो भाग्छ !

३) बैगुनी हावा
उडायो पातहरु
जंगलै नाङ्गो !

४) आकाश रुँदा
बादल रिसाउँछ
धरती  हाँस्छे !

No comments:

Post a Comment